तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूद्वारा सभामुखसँग भेट

काठमाडौँ । संसदीय समितिका नव निर्वाचित सभापतिहरूले आज सम्माननीय सभामुख डोल प्रसाद अर्याललाई भेट गर्नुभएको छ । 

त्यस अवसरमा सभामुख अर्यालले मिनी संसद्को रुपमा रहने संसदीय समितिहरूलाई  प्रभावकारी रुपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिनुभयो । दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उहाँले संघीय संसद् सचिवालय र आफु सधैँ सहयोगका लागि तत्पर रहेको बताउनुभयो । 

समिति सभापतिहरूले पनि आफूहरूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूले पुराना असल अभ्यासहरूलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिविधि अघि बढाउने बताउनुभयो । 

यस अवसरमा प्रतिनिधि सभाका १० र संयुक्त २ गरि १२ वटा समितिका सभापतिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button