प्रधानमन्त्री शाह र उपकुलपतिहरूबिच छलफल जारी
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल भइरहेको छ ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू छलफलमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


बैठकमा विशेष गरी विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श भइरहेको छ ।


सचिवालयका अनुसार बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरू उपस्थित हुनुहुन्छ ।









प्रतिक्रिया राख्नुहोस्