तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री गुरुङसँग सम्बन्धित आरोपमा उच्चस्तरीय छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आज जारी विज्ञप्तिमा गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख रहेको विज्ञप्तिमा उल्लेख छ । 

यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिए त्यसले सुशासन र जनविश्वासमा गम्भीर असर पुर्‍याउने भन्दै तत्काल उच्चस्तरीय छानबिन सुरु गर्न काँग्रेसले माग गरेको हो ।

पारदर्शिता र जबाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button