उदयपुरमा छिमेकीबीच विवाद : छुरी प्रहारबाट एक जनाको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित सितापाइला टोलमा आज साँझ छिमेकीबीच भएको विवादले हिंसात्मक रूप लिँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय अन्दाजी ७३ वर्षीय रामप्रसाद राईले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय महाप्रसाद राईको मृत्यु भएको हो।
चौदण्डीगढी नगरपालिका–७ बिपि चोकदेखि बिरेन्द्रबजार जाने सडकखण्ड अन्तर्गत बेलबोट होटल नजिक रहेका दुई छिमेकीबीच भएको आपसी विवादपछि रामप्रसादले छुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
रामप्रसाद राईले प्रहार गरेको छुरी महाप्रसाद राईको छातीको दाहिने भागको माथी लाग्दा गम्भीर घाइते भएको र उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक प्रभात लक्षम लिम्बुले जानकारी दिनुभयो।
घटनापछि आरोपी रामप्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्