तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट बन्दिपुरमा हुने

कास्की । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट– २०८३ आयोजना गरिने भएको छ । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी गराइको छ ।

विगत वर्षहरुमा पोखरा केन्द्रित यो मार्ट पहिलो पटक अर्को पर्यटकीय स्थल बन्दीपुरमा हुन लागेको हो । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

मार्टमा गण्डकी प्रदेशका सामुदायिक घरबास (होमस्टे), पर्यटकीय कृषि फार्म फार्म स्टेसहित विभिन्न ३० वटा होमस्टे कक्षहरू रहने जनाइएको छ । मार्टले बी टू बी र बी टू सी कनेक्टिभिटी  गाउँका साना पर्यटन व्यवसायी र सामुदायिक होमस्टेहरुलाई सिधै सहरी बजार र ठुला एजेन्सीहरुसगँ जोड्ने प्लेटफर्मको रुपमा विकास गर्ने अपेक्षा आयोजकले राखेको छ ।

पोखरा पर्यटन परिषद्, होमस्टे महासङ्घ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा हुने कार्यक्रममा सामुदायिक घरवास कार्यहरुलार्य कसरी वृद्धि गर्ने गाउँ पर्यटन समृद्धिको यात्रा र बन्दिपुर पर्यटन हिजो आज र भोली विषयक प्यानल छलफल समेत हुने जनाइएको छ ।

मार्टमार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष र बन्दिपुर भ्रमण वर्षलाई समेत समेट्न खोजिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनु भयो । ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

चौथो संस्करणको मार्ट पहाडकी रानी एवं गाउँ पर्यटनको हब बन्दिपुर हुने र आगामी संस्करणहरू अन्य जिल्लाहरूमा हुने भिटोफका अध्यक्ष शोभा सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button