संविधान संशोधन अध्ययन तथा सुझाव समितिलाई नेपाली काँग्रेसले दियो पूर्णता
काठमाडौँ I नेपाली काँग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ ।
गत चैत ११ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।
त्यसमा १५ सदस्य थपेर समितिलाई पूर्णता दिइएको काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेर बहादुर के.सी., यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के.सी., ललितकुमार बस्नेत, रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक रहनुभएको छ ।
यस्तै समितिको सदस्य सचिवमा अधिवक्ता राजु कटुवाल रहको काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्