तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ आज उपचारपश्चात घर फर्कनुभएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिनुभयो ।

शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो । उहाँको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिनुभएको अस्पतालमा प्रवक्ता डा सेढाईंले बताउनुभयो ।

गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना हुनुभएको थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button