तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक ‘सम्पदा साइकल यात्रा’ 

पश्चिम् नवलपरासी। पश्चिम नवलपरासीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलोपटक ‘नवलपरासी सम्पदा साइकल यात्रा–२०८३’ गरिएको छ।

नवलपरासी साइकल राइडर्स क्लब को आयोजनामा भएको उक्त यात्राले स्वास्थ्य, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोड्ने लक्ष्य लिएको छ।

विश्व सम्पदा दिवसको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि सुरु गरिएको करिब ७० किलोमिटर लामो साइकल यात्रामा सात जिल्लाबाट १०० भन्दा बढी साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

यात्रा सुनवल बाट सुरु भई रामग्राम स्तूप, बर्दघाट को  बुद्धमंगल ताल, कञ्चनगढि,बनदेवी मन्दिर बर्दघाट बजार, भूमही, बाबा बर्दगोरिया, कीर्तिपुर हुँदै पुनः सुनवलस्थित लोटस रिसोर्ट मा पुगेर समापन गरिने छ। साइकल यात्रीहरूलाई स्वागत गर्दै  बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले साइकल यात्राले जिल्ला भित्र रहेका महत्वपूर्ण सम्पदाहरू चिनाउन भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

क्लबका सचिव वासुदेव पौडेल का अनुसार यस प्रकारको यात्राले जिल्लामा रहेका सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमहरूले स्वास्थ्य प्रवर्द्धनसँगै वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्छन् र स्थानीय पर्यटन विकासमा ठोस योगदान पुर्‍याउँछन्।”

साइकल यात्राले पर्यावरण संरक्षण, स्वस्थ जीवनशैली र आन्तरिक पर्यटन प्रवर्द्धनको सन्देश फैलाउँदै नवलपरासीलाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button