बैतडीमा दुई मोटरसाइकल दुर्घटना अपडेट, एक जनाको मृत्यु
बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको से ५ प ४७१७ को मोटरसाइकलका चालक सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका लुहारलाई उपचारको लागि नजिकैको दउलेक अस्पतालमा लगिएकोमा पौने ४ बजेमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
शुक्रबार दिउँसोको साढे १ बजेको समयमा जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चाैडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुवै मोटरसाइकलका चालकसहित पाँच जना घाइते भएका थिए ।
अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्