तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता: उपाधिका लागि त्रिभुवन आर्मी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । शुक्रबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजना हुदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ ।

आर्मी सन् २०२२ मा आयोजना भएको २० ओभरको पिएम कपमा बाहेक हरेक पटक फाइनल पुगेको छ । सुदूरपश्चिम भने पहिलो पटक फाइनल पुगेको हो । सुदूरपश्चिम प्रादेशीक टोलीबाट फाइनल पुग्ने पहिलो टोली हो ।

प्रतियोगितामा ३ विभागीय  र ७ प्रदेशका गरि जम्मा १० टोलीको सहभागिता रहेको थियो । २८ दिनसम्म भएको प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुन लागेको हो ।

यसपटकको प्रतियोगिता काठमाडौँका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा भएका थिए । काठमाडौँको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरू मधेश प्रदेशको पर्सा र जनकपुरमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button