तपाईँ सुन्दै हुनुहुन्छः

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर I हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । 

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ ।  

करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताउनुभयो ।   कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उहाँले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button