तपाईँ सुन्दै हुनुहुन्छः

बिस्केट जात्रा अन्तर्गत आज भेलुखेलमा लिङ्गो ढालिँदै 

भक्तपुर । नव वर्षको आगमनसँगै सुरु भएको भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको पाँचौँ दिन आज ५५ हात लामो लिङ्गो( ल्योसिंद्य )ढालिँदै छ । 

तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा लिङ्गो हिजो राती उठाइएको थियो । हजारौँ जात्रालुको सहभागितामा लिङ्गो उभ्याउने र ढाल्ने गरिन्छ । 

नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो ढाल्न हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् ।

पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको अवसरमा लिङ्गो उभ्याउने र ढाल्ने गरिन्छ । 

नाग र नागिनीको प्रतीकको रुपमा लिइने ५५ हात लामो लिङ्गो जात्रा हेरेमा शत्रु नाश हुने जनविश्वास रहेकाले यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ ।

तान्त्रिक विधिअनुसार ईन्द्र ध्वजा सहित तयार पारिएको लिङ्गो चैत मसान्तमा उठाएर  नयाँ वर्षका दिन दिनभर राखेर साँझ ढालिन्छ । 

बिस्केट जात्राको रुपमा टाढाटाढाबाट लिङ्गो जात्रा हेर्नका लागि दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

जात्रा अन्तर्गत आज बिहान ६ बजेदेखि ११ बजेसम्म श्री भैरवनाथको पूजाआजा सम्पन्न गरिएको छ ।

बिहान विभिन्न गुठीअन्तर्गतका मठ–मन्दिरमा पूजा सम्पन्न गरी दिउँसो विशेष पूजा तथा प्रसाद वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button