तपाईँ सुन्दै हुनुहुन्छः

विशु पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना 

काठमाडौँ। सुदूरपश्चिमको विशिष्ट सांस्कृतिक पर्व विशुको अवसरमा देउडा समाजले काठमाडौँमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले सुदूर पश्चिमको सांस्कृतिक सुवास देशभर र संसारभर फैलिँदै गएकोमा खुसी व्यक्त गर्नुभयो।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले देशका विभिन्न क्षेत्रको संस्कृति प्रवर्द्धन गर्न सार्वजनिक सेवा प्रसारण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

देउडा समाजका अध्यक्ष नन्दकृष्ण जोशीले समाज स्थापना भएको २०५६ सालदेखि नै काठमाडौँमा विशु कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार रत्न वेहोसी, वरिष्ठ लोकगायिका एवं सङ्कलक चन्द्रकला शाह र सञ्चारकर्मी पवन प्याकुरेललाई अभिनन्दन गरिएको थियो।

त्यसैगरी देउडा संस्कृतिको विस्तारमा योगदान दिने ११ जनालाई सम्मान गरिएको थियो।

कार्यक्रममा कलाकारहरूले देउडा तथा छलिया नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button