तपाईँ सुन्दै हुनुहुन्छः

गुरुङको ‘पेन्सन पट्टा’ भदौ २६ देखि देशभर प्रदर्शन हुने

कास्की । कलाकार माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको वार्षिक क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा अभिनेता तथा निर्देशक गुरुङले फिल्मको प्रदर्शन मिति घोषणा गर्नुभयो । फिल्मको छायाङ्कन कास्कीको मादी गाउँपालिकामा  केही महिना अगाडी भएको थियो ।

निर्देशक गुरुङका अनुसार एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने विषयमा फिल्म केन्द्रित छ । ‘हामीले समाजकै एउटा पात्रको स्वभाव र उसको जीवनमा आउने परिवर्तनको कथालाई रोचक ढंगले पर्दामा उतार्ने प्रयास गरेका छौँ’ कलाकार गुरुङले भन्नुभयो ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा पनि निर्देशक गुरुङ आफैँले लेख्नुभएको हो। यसअघि उहाँले निर्देशन गरेको डेब्यू नेपाली फिल्म ’दयारानी’ बक्स अफिसमा सफल मानिएको थियो  ।

‘पेन्सन पट्टा’ मा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, राज थापा काउचा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ र यासिली राईको मुख्य अभिनय रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button