नेपाल तथा भारतका २८ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौँ । नइ एकेडेमीद्वारा आयोजित त्रिदिवसीय‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सहभागी प्राज्ञहरूबाट मन्तव्यपछि त्रिदिवसीय सम्मेलनको समापन भएको छ ।
समारोहमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा।डा।वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।
त्यस अवसरमा समालोचक डा.त्रिपाठीले नेपाल तथा भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।
नेपाली भाषा साहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनका साथै ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत योगदान दिएबापत उहाँहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको हो । यी सबै पुरस्कारको राशि जनही पचास पचास हजार रुपियाँ रहेको छ ।

पुरस्कृत हुनेहरूमा प्रा.डा.ऋषिराम शर्मा, प्रा।डा।कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी (मरणोपरान्त), प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.जङ्गब चौहान, डा.टेकबहादुर छेत्री, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, प्रा.डा.भरतकुमार भट्टराई, प्रा.डा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षत्री, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, प्रा.शिवगोपाल रिसाल, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.हर्कबहादुर शाही र संयुक्त रूपमा डा.सञ्जय रार्ई तथा डा.अरुणा रार्ई हुनुहुन्छ ।
कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा समालोचक प्रा.डा.वासुदेव त्रिपाठीलगायत नेपाली भाषा साहित्यमा विद्यावारिधि गरेका २४ जना प्रतिनिधि प्राध्यापक र सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईँले सम्मेलनका उपलब्धिका बारेमा प्रकाश पार्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्