तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरूलाई उन्नत जातको धानको बीउ वितरण गरिँदै 

बैतडी । बैतडीको पाटन नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्ने भएको छ । खाद्यान्न बालीको उन्नत बीउ उपयोग अनुदान कार्यक्रम अन्तरगत यहाँका किसानहरूलाई धानको बीउ वितरण गर्ने भएको हो । पालिकाभित्रका कृषक, कृषक समूह, कृषि सहकारीहरूले आवश्यक पर्ने बीउको परिमाण उल्लेख गरी कृषि शाखा वा नजिकैको वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको जनाएको छ । 

उन्नत जातको बीउ वितरण गरी धान उत्पादनमा वृद्धि गर्ने लक्ष अनुरुप यो कार्यक्रम अघि सारिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख दान सिंह बिष्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button