तपाईँ सुन्दै हुनुहुन्छः

युवा महिला उद्यमशीलता सम्बन्धि राष्ट्रिय सम्मेलन वीरगन्जमा सम्पन्न

वीरगञ्ज । युवा महिला उद्यमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन वीरगन्जमा सम्पन्न भएको छ । 

नेपाली युवा उद्यमी मञ्च वीरगञ्जको आयोजनामा होटल भिषवामा सम्पन्न सम्मेलनले महिला उद्यमशीलता, नेतृत्व क्षमता विकास तथा नेटवर्किङ विस्तारमा ठुलो टेवा पुर्याएको जनाइएको छ । 

सम्मेलनमा २ सय युवा महिला उद्यमीहरूको सहभागिता रहेको थियो । 

नेपाली युवा उद्यमी मञ्चकी महिला विकास शाखाकी प्रमुख राधा हमालको संयोजनमा सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षक तथा मिस नेपाल २००९ जेनिशा मोक्तानले युवा महिलाहरू व्यावसायिक विकास र आत्मनिर्भरका लागि उद्यमशीलतामा लाग्नुपर्ने र यसबाट आत्मनिर्भर मात्र नभई अरूलाई रोजगारी समेत दिन सकिने बताउनुभयो । 

त्यस्तै कार्यक्रममा अर्का वक्ता सिए प्रियङ्का रौनियारले महिला उद्यमीहरूलाई वित्तीय उत्कृष्टताको दिशातर्फ डोहोर्याउन सम्मेलन सफल भएको बताउनुभयो । 

कार्यक्रममा वर्षको सिर्जनात्मक उद्यमी (स्टार्टअप) बाट सम्मानित सोनाली कर्णले वीरगन्जदेखि अन्तर्राष्ट्रिय बजारसम्मको उद्यमशील यात्राबारे प्रेरणादायी स्टोरी टेलिङ सेसन सञ्चालन गर्नुभएको थियो । 

सम्मेलनमा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको विशेष प्रदर्शनी समेत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button