तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ ।

संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम निकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङदेम्बे, मधु चौलागाईँ, रञ्जु दर्शना, राजीव खत्री, लेखजङ्ग कार्की र वर्षामान पुन मनोनीत हुनुभएको छ ।

यसैगरी संयुक्त समितिका रुपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधिसभाबाटै १२ जना सदस्यलाई मनोनयन गरिएको छ ।

समितिमा अङ्कित ठाकुर, गणेश कार्की, गीता गुरुङ, जनकराज गिरी, नरेन्द्र चौधरी, पुष्पराज कँडेल, प्रकाशचन्द्र परियार, प्रमेशकुमार हमाल, राजेश प्रसाईँ, राम लामा, रीमा विश्वकर्मा, सुशान्त वैदिक हुनुहुन्छ ।

बैठकले प्रतिनिधिसभाको अर्थ समितिमा २६, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उपभोक्ता  तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिमा सदस्यहरू मनोनयन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button