तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री द्वयलाई शपथ ग्रहण गराउनुभएको हो । 

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुनुहुन्छ भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजै उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button