नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने
काठमाडौँ । नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ ।
दुई देशका बीच नेपालमा हुने विश्वकप लिग २ को अगाडी २ खेलको सिरिज आयोजना हुन लागेको हो । दुवै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट रङ्गशालामा हुनेछ ।
बैशाख १२ मा सुरु हुने लिग २ को सिरिज अघि ७ र ८ गते नेपाल र युएईबिचको ट्वान्टी २० खेल हुन लागेको हो । नेपालले बैशाख १२ बाट लगातार दुई लिग २ का ओडिआई सिरिज आयोजना गर्दैछ । सुरुवातमा युएई र ओमानको टोलीसँग घरेलु भूमिमा खेल्ने नेपालले त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्