झापामा वाइफाई जोड्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
भद्रपुर, झापा । वाइफाईको प्लग जोड्ने क्रममा करेन्ट लागेर झापाको बाह्रदशीमा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार साँझ ५ः०० बजे बाह्रदशी २ बस्ने सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीलाई आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा उन को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्