उद्योग मन्त्रीमा गौरीकुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव सिफारिस
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई सिफारिस गरिएको छ।
उहाँहरूलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति समक्ष मन्त्रीका लागि सिफारिस गर्नुभएको हो।
सिफारिस दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ। उहाँहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्