बागमती प्रदेशसभा बैठक: विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस
मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नुभएको छ ।
त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो ।
उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्