तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button