तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाले फिर्ता बोलायो श्रममन्त्री साहलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई मन्त्रीबाट फिर्ता बोलाएको छ । 

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेख्दै शाहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको ब्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि सिफारिस भएकाले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएकोले मन्त्रीबाट फिर्ता बोलाएको जनाएको छ ।

पार्टी विधानको धाराको २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (Right to recall) सक्ने व्यवस्था भएकोले मन्त्री शाहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेको हो । 

साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button