तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौँ I देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो । 

यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ । 

मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेबाट छ, मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका–५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका–६ बाट एक जनालाई पक्राउ गरिएको समाचारकक्षले आज प्रकाशन गरेको समाचार ‘बुलेटिन’मा जनाइएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button