तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या

कास्की । पोखराको व्यस्त बजार क्षेत्र नजिकै खुकुरी प्रहारबाट एक ४२ वर्षीया महिलाको हत्या भएको छ। पोखरा–५ मालेपाटनकी सिर्जना पौडेल केसीको बुधबार साँझ करिब ७ बजे घर फर्किंदै गर्दा हत्या गरिएको हो।

मालेपाटनमा घर भए पनि उहाँ खपौंदीस्थित आफ्नै अर्को घरमा बस्दै आइरहनुभएकाे थियाे । पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आउनुभएकी सिर्जना एकल महिला हुनुहुन्थ्याे।

प्रहरीका अनुसार, उनी साँझ सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गर्दा शिवालयचोकतर्फ जाने गल्लीको मोडमा पुगेपछि अज्ञात व्यक्तिले टाउकोमा खुकुरी प्रहार गरेका थिए।

गम्भीर घाइते अवस्थामा उहाँलाई तत्काल गण्डकी मेडिकल कलेज (जीएमसी) पुर्‍याइएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनापछि आक्रमणकारी फरार रहेका छन्। प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै संलग्न व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button