तपाईँ सुन्दै हुनुहुन्छः

एबीसी राष्ट्रिय एट ए साइड फोर्टी फाइभ प्लस भेट्रान फुटबलमा १२ टिम सहभागी हुने

पोखरा । पोखराको अमरसिंह ब्वाइज क्लबको आयोजनामा बुधबारदेखि पोखरामा सञ्चालन हुने चौथो एबीसी राष्ट्रिय एट ए साइड फोर्टी फाइभ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता हुने भएको छ । यही चैत्र २७ गते सम्म पोखराको रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टिमको सहभागिता रहने क्लबका सचिव विजय घिमिरेले बताउनुभयो ।

क्लबले खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत २५ गते बिहान ८ बजे बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्सबीच हुनेछ । सोही दिन दोस्रो खेल ए.बी.सी. भेट्रान्स र सानेपा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ भने जोरपाटी भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्स आमनेसामने हुनेछन । त्यसैगरी बगर भाइका खलक भेट्रान्स र चितवन भेट्रान्सबीच खेल हुनेछ ।

चैत २६ गते बिहान ८ बजे लेकसाइड भेट्रान्स र नवा बुद्ध रुपन्देही भेट्रान्सबीच खेल हुने तालिका छ । बिहान १० बजे हेटौँडा भेट्रान्सले अघिल्लो चरणको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै २७ गते बिहान ९ बजे अभिषेक चर्च ब्वाइज भेट्रान्स र बागडोल युनाइटेड भेट्रान्सबीच खेल हुनेछ भने दिउँसो १ बजे अर्को क्वाटर फाइनल खेल सञ्चालन हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल चैत २७ गते हुने छ । भेट्रान खेलाडीहरूको अनुभव र प्रतिस्पर्धात्मक खेलमार्फत दर्शकलाई रोमाञ्चक फुटबलको स्वाद दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आयोजकका अनुसार प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button