मिडफिल्डर राइले क्याम्बोडियन महिला लिग खेल्ने
काठमाडौँ । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने भएकी छन् ।
उनले प्रेह खान रीच स्वाय रिएङ एफसीसँग सम्झौता गरेकी हुन् । प्रीति यसअघि जोर्डनको लिगमा इतिहाद क्लबबाट खेलिरहेकी थिइन् ।
एक सिजन बिताएकी उनले एक गोलसम्मेत गरेकी थिइन् । इतिहादमा रहँदा प्रीतिले महिला प्रो– लिग र जोर्डन महिला कप दुवै उपाधि जितेकी थिइन् ।
प्रेह प्रीतिको तेस्रो विदेशी क्लब हो । प्रीतिले इतिहादबाहेक भारतको किक स्टाट्र्स क्लबबाट पनि इन्डियन वुमेन्स लिग खेलेकी थिइन् । प्रीति क्याम्बोडिया पुगिसकेकी छन् ।








प्रतिक्रिया राख्नुहोस्