राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश प्रतिनिधि सभामा टेबुल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ सम्बन्धी सन्देशहरू टेबुल भएका छन् ।
बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकसम्बन्धी सन्देशहरू टेबुल गर्नुभएको हो ।
यसअघि बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले मुलुकको कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधार र डिजिटल विकासका विषयमा सकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले वन्यजन्तु व्यवस्थापन, जनजाति संग्राहलय स्थापनामार्फत संस्कृति र पर्यटन प्रवर्द्धन गर्न, विगतदेखि निष्क्रिय रहेका उद्योग सञ्चालनमा ल्याई स्वदेशी उत्पादन प्रोत्साहन गर्न, सीमावर्ती क्षेत्रको सुरक्षा, दुर्व्यसनीमा फसेका युवाहरूलाई उचित रोजगारीको सिर्जना गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले भदौ २३ र २४ गते भएको घटनाको स्वतन्त्र, निष्पक्ष रुपमा छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याइनुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोली चैत २५ गते बुधवार दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्