तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा आज मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्नुभएको छ ।

चैत १३ गते गठित मन्त्रिपरिषदको तेस्रो वरियतामा रहनुभएका गृहमन्त्री सुधन गुरुङ अहिले पाँचौँ वरियतामा रहनुभएको छ । दोस्रो वरियतामा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले कायमै रहनुहुँदा आजको हेरफेरमा तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल हुनुहुन्छ भने चौथो वरियतामा मन्त्री विराज भक्त श्रेष्ठ रहनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यसअघि मन्त्री श्रेष्ठ छैटौँ वरियतामा हुनुहुन्थ्यो भने मन्त्री खनाल यसअघि चौथौँ वरियतामा हुनुहुन्थ्यो । त्यस्तै यसअघि चौथौँ वरियतामा रहनुभएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालकाे वरियता अहिले छैटौँ कायम गरिएको छ । त्यस्तै यसअघि सातौँ वरियतामा रहनुभएका पर्यटनमन्त्री खड्गराज पौडेल अहिले बाह्रौँ र यसअघि आठौँ वरियतामा रहनुभएका शिक्षामन्त्री सस्मित पोख्रेल अहिले एघारौँ र यसअघि नवौँ वरियतामा रहनुभएका स्वास्थ्यमन्त्री निशा मेहता अहिले दशौँ र दशौँमा रहनुभएका सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाको तेह्रौँ नम्बरको वरियता कायम गरिएको छ । 

त्यस्तै यसअघि एघारौँ वरियतामा रहनुभएका संघीय मामिलामन्त्री प्रतिभा रावलको अहिले नवौँ, यसअघि बाह्रौँमा रहनुभएका कानूनमन्त्री सोविता गौतमको अहिले सातौँ र तेह्रौँ वरियतामा रहनुभएका कृषिमन्त्री गीता चौधरीको अहिले चौधौँ र यसअघि चौधौँमा रहनुभएका श्रममन्त्री दीपक साहको अहिले पन्ध्रौँ वरियता कायम गरिएको छ भने यसअघि पन्ध्रौँ वरियतामा रहनुभएका महिला मन्त्री सिता वादीको अहिले आठौँ वरियता कायम गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button