तपाईँ सुन्दै हुनुहुन्छः

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक भुटानी शरणार्थीको मृत्यु

भद्रपुर, झापा। झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ बेलडाँगी शिविर सेक्टर न-सी २ हट न-२०४ बस्ने बर्ष ५४ का तुलबहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार चैत १९ गते नजिकै रहेको हम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनी घरबाट हिँडेका विष्ट घर फर्केर नआएपछि आफन्त र छरछिमेकीले खोजतलास गर्ने क्रममा आज बिहान हम्से दुम्से सामुदायिक वनमा उनी मृत फेला परेका थिए । घटनास्थलमा हात्तीको पाइलाको छाप देखिएकोले हात्तीकै आक्रमणबाट विष्टको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

हम्से दुम्से वनमा दारा भएको र नभएको दुईवटा हात्ती रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा अनुसन्धान टोली खटिएर आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button