त्रिभुवन आर्मी पीएम कप एक दिवसीय क्रिकेटको शीर्ष स्थानमा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

सोमबार सम्पन्न खेलमा आर्मीले कर्णालीलाई १३८ रनले पराजित गरेको हो । जितसँगै अपराजित रहेको आर्मीले ६ खेलबाट ११ अंक पुर्याएको छ । एक खेल बढी खेलेको सुदूरपश्चिम ३ अङ्कसहित नवौं स्थानमा छ ।
आर्मीले दिएको २६९ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमै समेटियो ।
त्यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन बनाएको थियो ।
अर्को खेलमा सुदूरपश्चिम प्रदेशले अंक तालिकामा शीर्षस्थान गुमाएको छ । एपीएफ क्लबसँग ४५ रनले पराजित भएसँगै सुदूरपश्चिम दोस्रो स्थानमा ओर्लिएको हो । जितसँगै एपीएफ ७ खेलबाट ७ अंक बटुल्दै छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्मीले भने एक खेल कम खेल्दै ११ अंक पुर्याएको छ ।
एपीएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन बनाएको हो ।
त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्