तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा फुटपाथ अतिक्रमण बनाइएका घर टहराहरू हटाइँदै 

oplus_0

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा फुटपाथ तथा ऐतिहासिक स्थलको अतिक्रमण गरेर बनाएका घर टहराहरू हटाइएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको अगुवाइ, जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सहभागितामा घर टहराहरू हटाइएको हो । जनकपुरधामको कदम चोक क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा हटाइएको छ ।

घर टहरा हटाउनका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगरप्रहरी परिचालन गरिएको छ । खास गरेर पैदल यात्रीका लागि बनाइएका फुटपाथहरू व्यापारीहरूले अतिक्रमण गरेर घर टहराको निर्माण गर्दा पैदलयात्रीहरु कालोपत्रे सडकबाट हिँड्नु पर्ने बाध्यताले पटक पटक दुर्घटना समेत हुने गरेको छ । अहिले फुटपाथ खाली गरेपछि पैदलयात्री फुटपाथ प्रयोग गर्न थालेका छन् । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि फुटपाथ तथा सडकमा कुनै प्रकारको सामाग्रीहरू नराखिदिनका लागि सबै व्यापारीहरूमा आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button