तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परी क्वारेन्टाइन अधिकृत साहको निधन 

वीरगञ्ज । मोटरसाइकल दुर्घटनामा पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका क्वारेन्टाइन अधिकृत डा. भरत साहको उपचारका क्रममा आज निधन भएको छ ।

गएराती मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका डा. साहको वीरगञ्जस्थित एल.एस. न्युरो अस्पतालमा  दिउँसो उपचारका क्रममा निधन भएको हो । 

उहाँको निधनको खबरले पशु स्वास्थ्य तथा क्वारेन्टाइन क्षेत्रसँग आबद्ध कर्मचारी तथा पशुपालन गर्ने किसानहरु समेतमा शोक छाएको छ । 

स्वर्गीय साह पशु स्वास्थ्य सेवामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँको निधनप्रति विभिन्न निकाय तथा सहकर्मीहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button