संसद्मा आफ्नो भूमिका निष्पक्ष रहन्छ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले संसद्मा आफ्नो भूमिका निष्पक्ष रहने बताउनुभएको छ ।
सभामुख अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा पुराना ऐन संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर रहेको विश्वास व्यक्त गर्दै सभामुखको पदलाई उच्च बनाउन तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।

सभामुखमा निर्वाचित भएपछि अर्यालले आज पहिलो पटक सभा सञ्चालन गर्नुभएको हो ।
उहाँले सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुबिधा नभएको भन्दै आफ्नो भूमिका निष्पक्ष रहने र संसदमा सङ्ख्याको आधारमा कुनै भेदभाव नहुने बताउनुभयो ।
सभामुख निष्पक्ष र स्वतन्त्र भएमात्रै संसद् र संसद्का सदस्यहरूको ओझ बढ्ने विश्वास दिलाउँदै सभामुख अर्यालले सभा सञ्चालनका लागि सबैको रचनात्मक सुझाव, क्रियाशीलता र समन्वयको अपेक्षा गरेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्