तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ‘अपरेशन ड्रप’: गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियान अन्तर्गत गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई दुःख दिने व्यक्तिहरूलाई लक्षित गर्दै हेटौंडाका विभिन्न वडाबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका पुष्कर बोगटी का अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ का २२ वर्षीय नसिव बोटेला, ३३ वर्षीय फारुक अन्सारी, हेटौंडा–११ का ४५ वर्षीय बर्दीबहादुर तामाङ, हेटौंडा–१३ का ३० वर्षीय सुमन लोचन, हेटौंडा–१२ का २९ वर्षीय कमल सिंह ब्लोन, २८ वर्षीय अजय स्वाङ्गतान, २३ वर्षीय अर्पण स्वाङ्गतान, ३२ वर्षीय सबिन थिङ र ३४ वर्षीय अर्जुन ब्लोन तामाङ रहेका छन्।

त्यसैगरी हेटौंडा–११ का २२ वर्षीय सुरज श्रेष्ठ, ३१ वर्षीय सुभम थिङ, २५ वर्षीय नवाज गुरुङ, २२ वर्षीय सन्तकुमार महर्जन, २७ वर्षीय दिपेश लामा, हेटौंडा–१३ का २१ वर्षीय रोजेन ओझा, हेटौंडा–१४ का १९ वर्षीय राहुल तामाङ, हेटौंडा–६ का २१ वर्षीय नविन गौतम तथा रौतहट फतुवा विजयपुर नगरपालिका–१० का २८ वर्षीय रवि तिमिल्सिनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइएको छ र आवश्यक प्रमाणका आधारमा कानुनी कारबाही गरिनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button