तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका–इजरायल आक्रमणले तेहरान विश्वविद्यालय नजिक मस्जिद र ग्यास स्टेशनमा क्षति

तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजी आसपास अमेरिक–इजरायली संयुक्त आक्रमण भएको समाचार आइरहेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणले विश्वविद्यालय परिसरभित्र रहेको ग्यास स्टेशनमा क्षति पुर्‍याएको छ, जसका कारण वरपरको क्षेत्रमा ग्यास आपूर्ति अवरुद्ध भएको छ।

त्यसैगरी, विश्वविद्यालयको मस्जिदमा पनि क्षति पुगेको बताइएको छ। तस्निम समाचार एजेन्सीले भवनभित्रका फुटेका झ्याल र छत देखिने तस्बिर सार्वजनिक गरेको छ।

यसअघि, एक सरकारी प्रवक्ताले फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि अमेरिका–इजरायली सेनाले दर्जनौँ विश्वविद्यालय, विद्यालय तथा अनुसन्धान संस्थामाथि आक्रमण गरेको दाबी गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button