तपाईँ सुन्दै हुनुहुन्छः

इन्धन अभावपछि नयाँ समय : बिहानैदेखि कार्यालय पुग्न कर्मचारीको हताराे

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका कारण नेपालमा देखिएको इन्धन अभावको असर व्यवस्थापन गर्न सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेको छ।

यस निर्णयसँगै, शैक्षिक संस्थाबाहेक अधिकांश सरकारी कार्यालयको कार्यसमय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ।

नयाँ समयतालिका लागू भएसँगै कर्मचारीहरूलाई बिहान ९ बजेसम्म कार्यालय पुग्नुपर्ने भएकाले आज बिहानैदेखि काठमाडौँ उपत्यकामा चहलपहल बढेको देखिएको छ।

सिंहदरबार लगायतका विभिन्न सरकारी कार्यालय परिसरमा बिहान ८ बजेदेखि नै कर्मचारीहरूको आवागमन सुरु भएको थियो। कार्यालय समयमै उपस्थित हुन कर्मचारीहरू हतारिएको दृश्य देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button