भक्तपुरमा प्रहरीको स्वीप अपरेसन: दुई दिनमै ९० जना पक्राउ
भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको गैरकानुनी कार्य नियन्त्रण अन्तर्गत स्वीप अपरेसनका क्रममा पक्राउ पर्नेको संख्या ९० पुगेको छ ।
प्रहरीले पछिल्ला दुई दिनमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरी परिसर प्रमुख प्रहरी उपरिक्षक सूर्यबहादुर खड्काका अनुसार, गएराती विभिन्न स्थानबाट ३० जनालाई पक्राउ गरिएको छ । अघिल्लो दिन ६० जना पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक खड्काले बताउनुभयो ।
कानुन विपरीतका विभिन्न घट्नामा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै प्रहरी उपरिक्षक खड्काले स्वीप अप्रेसन जारी रहेको बताउनुभयो ।
सार्वजनिक स्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको खड्काको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्