तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौँ । सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुनेछ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय यही चैत २३ गतेदेखि बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम हुने जनाएको हो । 

तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button