तपाईँ सुन्दै हुनुहुन्छः

एसइईमा चिट चोराएपछि……..

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसइई) को मर्यादा भङ्ग गर्ने कार्यमा संलग्न एक युवकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान करिब ११ बजे रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जनजागृति माध्यमिक विद्यालय, सिन्धुरेघारी परीक्षा केन्द्रबाट मोबाइल फोन प्रयोग गरी ह्वाटसएप समूहमार्फत चिट चोराउँदै गरेको अवस्थामा चन्द्रपुर नगरपालिका–६ मोतियाही निवासी २१ वर्षीय रञ्जित कुमार साह पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका साहमाथि शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button