तपाईँ सुन्दै हुनुहुन्छः

जुवातास खेलिरहेका १९ जना पक्राउ

भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न स्थानमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताउनुभयो ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १० बुक तास र नगद रु. एकहत्तर हजार चार सय पचपन्न रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button