तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त महान्यायाधिवक्ता डा‍.कँडेलद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

आज यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उहाँले शपथग्रहण गर्नुभएको हो । 

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा कँडेललाई आजै उक्त पदमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button