तपाईँ सुन्दै हुनुहुन्छः

एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सङ्घीय सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ । 

सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिनुभयो । 

त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न)बारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा कार्यवाहक अध्यक्ष रामबहादुर थापासहित दुवै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button