तपाईँ सुन्दै हुनुहुन्छः

तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते : अवस्था सामान्य

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी चोकमा तीन वटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा.प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोको पछाडि ठोक्किएको थियो । 

घाइतेमध्ये बसमा सवार १४ जना र एक जना अटोचालक रहेका छन् । उनीहरूमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button