तपाईँ सुन्दै हुनुहुन्छः

अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते

काबुल । अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ । 

वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार घोषणा गर्नुभएको छ । घटनाका कारण मृत्यु हुने अधिकांश मानिसहरू अफगानिस्तानको दक्षिणी र पश्चिमी प्रान्तका रहेको प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत जनाउनुभएको छ । 

हालै भएको भारी वर्षापछि आएका प्राकृतिक प्रकोपले दुई हजार ४४८ घरहरू पूर्ण वा आंशिक रूपमा क्षति गरेको उल्लेख गर्दै अफगानिस्तानका विभिन्न प्रान्तमा कृषिवाली लगायत खेतीयोग्य जग्गा बगाएको उहाँले पुष्टि गर्नुभएको छ ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ भने विशेष गरी दुर्गम र कमजोर क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ । रासस÷सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button