तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जनक शिक्षाका पाठ्यपुस्तक सहज रुपमा उपलब्ध

पाल्पा । जनक शिक्षा सामाग्री केन्द्रले मुद्रण गर्ने पाठ्यपुस्तक यस बर्ष सहज रुपमा उपलब्ध भएका छन् । 

लुम्बिनी प्रदेशका सातबाट जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले भौगोलिक बिकटताका आधारमा जिल्ला अनुसार पाठ्यपुस्तक वितरण चैत १६ गतेबाट सुरु गरेको हो । लुम्बिनी प्रदेशका साबिकका पहाडी जिल्लामा यस बर्ष पाठ्यपुस्तक पुगिसकेको छ ।

केन्द्रले मुद्रण गर्ने कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लुम्बिनी प्रदेशका सबै पहाडी जिल्ला पुगिसकेको हो । 

यस बर्ष कक्षा १० को ऐच्छिक गणित र अर्थशास्त्र विषय परिवर्तन भएको जनक शिक्षा सामाग्री केन्द्र बुटवलका जिन्सी प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ शैक्षिक सत्र २०८३ को लागि प्रदेशको पहाडी जिल्लामा करिब ५ करोडको पुस्तक जिल्ला जिल्लामा पुगेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड बुटवलकी कार्यालय प्रमुख बिष्णु पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलीबाट तराईका जिल्लाहरूलाई पुस्तक वितरण सुरु हुने छ । 

कक्षा ३ र ५ को पाठ्यपुस्तक निजी प्रकाशनले समेत छपाई गर्ने अधिकार पाएका छन् । तर जनक शिक्षाले समेत कक्षा ३ र ५ को पाठ्यपुस्तक उठाउन व्यवसायी अनिवार्य गराउँदा व्यवसायीहरू मर्कामा परेको उनीहरूको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button