तपाईँ सुन्दै हुनुहुन्छः

सि जिन फिङको पर्यावरणीय सभ्यता

काठमाडौँ । फ्रेन्ड्स अन दी क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले काठमाडौँमा पर्यावरणीय सभ्यताबारे चिनियाँ राष्ट्रपति सि जिन फिङको विचारको विषयमा अन्तर्क्रिया गरेको छ ।

आयोजक फ्रेन्ड्स अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयको चर्चा गर्दै कार्यक्रम अघि बढाउनुभएको थियो । 

कार्यक्रमका सहभागीहरूले चीनको विकासमा पर्यावरणीय सभ्यता सम्बन्धि सि जिन फिङको विचार महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा अर्थविद् डा.चन्द्रमणी अधिकारीले हरेक मानिसको पहिलो विश्वविद्यालय प्रकृति भएकोले निश्चल जल र हरित पहाड आजको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रकृतिबाट टाढा बन्यो भने राजनीति, अर्थनीति र संस्कार– संस्कृति दूषित बन्ने बताउनभयो ।

वातावरणविद् डा. धर्म उप्रेतीले हावा, पानी, माटो र ध्वनि संस्कृतिको चर्चा गर्नुभयो । उहाँले पर्यावरणीय सुधारको लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । 

डा.सञ्जयनाथ खनालले दिगो विकासको मान्यतालाई आत्मसाथ गर्दै आउँदो पीढीलाई सुरक्षित र सुन्दर पृथ्वी हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य विनोद पहाडीले पहाडहरू नाङ्गा हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै विकास र वातावरण संरक्षणलाई सन्तुलित ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा पर्यावरणसँग सम्बन्धित विज्ञ, पत्रकार, कलाकार, समाजसेवी, राजनीतिज्ञ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button