तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेको अवसरमा अस्ट्रेलियाले हार्दिक बधाई व्यक्त गरेको छ।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उहाँप्रति बधाई ज्ञापन गर्नुभएको यहाँस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ । 

विदेशमन्त्री वोङले अस्ट्रेलिया र नेपालको मित्रता सुदृढ रहेको उल्लेख गर्दै, शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणमा प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि बधाई सन्देशमा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button